सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर बिरामीले जिते इतिहासकै चौथो सबैभन्दा ठूलो रकमको भाग्यचिठ्ठा


  •    न्युजभित्तो/२३ बैशाख २०८१, आईतवार १६:४३ 
  • अमेरिका, २३ वैशाख । एकजना आप्रवासी अमेरिकी इतिहासकै चौथो सबैभन्दा ठूलो रकमको लट्री अर्थात् भाग्यचिठ्ठा जित्ने व्यक्ति बनेका छन् ।

    दक्षिण पूर्वी एसियाली मुलुक लाओसमा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आएका चेङ सेफानले १ अर्ब ३० करोड डलरको पावर बल लट्री जितेका छन् । यो भनेको १ खर्ब ७५ अर्ब रुपैयाँ बराबर हो ।

    चेङका अनुसार कैयन् रातसम्म उनले आफ्नो सिरानीमुनि नम्बरहरुको च्यादर बिछ्याएर सुते । उनको सिरानीमुनि कागजहरुको त्यो पुलिन्दा थियो जसमा उनले धेरै हप्तादेखि पावर बल लट्री जित्नका लागि नम्बर लेखेका थिए ।

    अमेरिकाको ओरेगन राज्यको पोर्टल्याण्ड सहरमा बस्ने चेङ भन्छन् स् मैले भगवानसँग सहयोगको प्रार्थना गरेको थिएँ । मेरा सन्तानहरु सानै छन् र म निकै कमजोर छु । मेरो स्वास्थ्य ठीक छैन ।

    उनले गत अप्रिल ७ मा सार्वजनिक गरिएको १.३ अर्ब डलरको लट्रीमा आफ्नो नम्बर मिलाएका थिए र सोमबार उक्त भाग्यचिठ्ठा बापतको रकम चिठ्ठा प्रबन्धकहरुले उनलाई प्रदान गरे ।

    तर केवल चेङ मात्र भाग्यमानी होइनन्, त्यो भाग्यचिठ्ठाबाट उनकी श्रीमती र एकजना साथीको पनि भाग्य चम्किएको छ ।

    उनले आफ्नी पत्नी तथा साथीसँग मिलेर लट्रीका २० भन्दा धेरै टिकट खरीद गर्नका लागि पैसा जम्मा गरेका थिए र त्यसमध्ये एउटा नम्बरमा उनको भाग्यचिठ्ठा पर्‍यो ।

    त्यसैले आफूले जितेको लट्रीबाट २५ प्रतिशत आफ्नी पत्नी डुआनपेन र पचास प्रतिशत आफ्ना मित्र लाइजा चाउलाई दिने उनले बताएका छन् ।
    चेंग क्यान्सरका बिरामी हुन् र पछिल्लो ८ वर्षदेखि केमोथेरापी गरिरहेका छन् ।

    थाहा छैन, यो पैसा खर्च गर्न मसँग कति समय छ ?

    चेङ भन्छन् स् मेरो जीवन बदलियो । बस्, भगवानसँग सहयोगको प्रार्थना थियो । अब म आफ्नो परिवारको हेरचाह राम्रोसँग गर्न सक्छु र आफ्ना लागि एकजना राम्रो डाक्टर खोज्नसक्छु ।

    साथै लट्रीको रकमबाटै आफ्ना लागि एउटा घर खरीद गर्नेपनि उनको योजना छ ।

    चिठ्ठाको रकमको चेक प्राप्त गरेपश्चात् पत्रकारहरुसँग बोल्दै चेङले भनेका थिए स् मसँग यतिधेरै पैसा खर्च गर्नका लागि कति समय छ, मलाई थाहा छैन । म कहिलेसम्म बाँचुला, यो पनि थाहा छैन ।

    आफूले लट्री जितेपश्चात् सबैभन्दा छिटो पत्नी र साथीलाई खुसीको खबर सुनाउन उनलाई निकै हतार भएको थियो ।

    उनी भन्छन्, ‘मैले आफ्नी पत्नीसँग सोधेँ, तिमी कहाँ छौ रु उनले आफू काममा गइरहेकी छु भनिन् । त्यसपछि मैले तिमीले अब कुनै काम गर्न वा जागिर गर्न आवश्यक छैन, भनेँ ।

    अमेरिकाको सबैभन्दा ठूलो लट्रीको मूल्य २.०४ अर्ब डलर

    टिकट मूल्य बढेसँगै अमेरिकामा १ अर्ब डलर भन्दा धेरै पुरस्कार भएका चिट्ठाहरु सामान्य बनिसकेका छन् । अहिलेसम्मको सबैभन्दा ठूलो लट्री रकम चाहिँ २।०४ अर्ब डलरको थियो, त्यो २०२२ मा घोषणा भएको थियो ।

    उक्त लट्रीको नियमलाई संशोधन गरी त्यसलाई अझै कठिन बनाइयो । जसका कारण सो ग्राण्ड पुरस्कार जित्ने सम्भावना कम भएर २९ करोड २२ लाख व्यक्तिमध्ये एकजनालाई मात्र पर्ने भएको छ ।

    अमेरिकी इतिहासकै चौथो ठूलो लट्री जितेका चेङको शौख नै लट्री खेलिरहने छ । उनी भन्छन्स् सायद म दोस्रो पटक पनि लट्री जित्छु र पुनः एकपटक भाग्यशाली बन्छु । बीबीसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    • दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.