सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी बल प्रथम


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १३:३६ 
  • काठमाडौँ, १९ वैशाख । अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालादेशकी इभान्जेलिना बल प्रथम हुनुभएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास)का आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय र पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेका छन् ।

    विजेता बलले एक हजार डलर, द्वितीय गिरीले पाँच सय डलर र तृतीय खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा अङ्ग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जित्नुभएको छ ।

    अनेसासका अध्यक्ष प्रकाश माइलाका कार्यक्रममा अध्यक्षतामा भएको कार्यक्रममा विजेता सबैलाई नेपाल प्रज्ञा –प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुसरण एवं प्रवद्र्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

    मूल्याङ्कन समितिका तर्फबाट प्रज्ञा –प्रतिष्ठान, काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगीमध्येबाट पुरस्कृत नामको घोषणा गर्नुभएको थियो । साहित्यकार अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी, डा विन्दु शर्मा र केशव सिग्देल (नेपाल), रवीन शर्मा र प्रवीणा बराल (जापान), गोवद्र्धन पूजा र हिमांशुनिभा कुँवर (अमेरिका), तीर्थसङ्गम राई (कतार), गणेश खड्का (अफ्रिका) र इसिका अधिकारी (युरोप)ले पनि आआफ्ना कविता वाचन गर्नुभएको थियो । प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला संयोजकत्वको मूल्याङ्कलन समितिका छनोटमा परेका अन्तिम चरणका अंशु सुवाल, आगत खरेल, गङ्गा फुयाँल, सौगात पराजुली, समृद्धि नेपाललगायतले नेपाली र मारिया अधिकारी, प्रेमा पौड्याललगायतले अङ्ग्रेजीमा कविता वाचन गर्नुभएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.