सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शान्ति समाजको ध्यानाकर्षण


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १२:०८ 
  • काठमाडौँ, १९ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको ‘सर्वसाधारणमा अपिल’ विषयको विज्ञप्तिप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    अपिलमा सरकारले ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न एवं अस्पतालमा शथ्या उपलब्ध गराउन नसकिने भइसकेको छ’ भन्ने अभिव्यक्तिप्रति समाजले आफ्नो ध्यानाकर्षण भएको सभापति गोविन्द खनालले शनिबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

    कोभिड सङ्क्रमणको सामना गर्न राष्ट्रिय एवं अन्तर्राष्ट्रि«य सहयोग र सहकार्य आदानप्रदान गर्न जरुरी रहेको समाजको ठहर छ । सङ्कटमा सरकार लगायत कसैले पनि संयम गुमाउन नहुने विज्ञप्तिमार्फत् आह्वान गरिएको छ । यो सङ्कटबाट मुक्तिका लागि राष्ट्रिय सहमति कायम गर्दै सम्पूर्ण साधन, स्रोत परिचालन र सामथ्र्यको प्रदर्शन गर्न सरकारलगायत सम्ंवद्ध सबैलाई शान्ति समाजले आग्रह गरेको छ ।

    क्षमताले भ्याएसम्म शान्ति समाज सदैव सरकारको सहयोगीको रुपमा प्रस्तुत हुने प्रतिवद्धता पनि विज्ञप्तिमार्फत् व्यक्त गरिएको छ । साथै अराजकता र अव्यवस्थालाई बढावा दिने काम कसैले पनि गर्न नहुनेतर्फ समाजले पुन ः सरोकार भएका सबैको ध्यानाकर्षण गराएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.