सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट


  •    न्युजभित्तो/१९ बैशाख २०७८, आईतवार १३:४५ 
  • डडेल्धुरा, १९ वैशाख । यहाँका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । परशुराम नगरपालिका–९ उदासीपुर गाईबाँधे र आलिताल गाउँपालिका–६ धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

    प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभाग कार्य प्रशासन शाखाको पत्रानुसार यस कार्यालयले उदासीपुर गाईबाँधे र धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रजिअ हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा अस्थायी प्रहरी पोष्टको विधिवत् रुपमा उद्घाटन गरी कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

    अहिले अस्थायी प्रहरी पोष्टका लागि स्थानीय सहकारको भवन र विद्यालयको भवनका चार कोठा लिइएको छ । प्रहरी पोष्टका लागि आवश्यक फर्निचरको व्यवस्था गाउँपालिकाले गरेको छ । अस्थायी प्रहरी पोष्टमा दुई प्रहरी हबल्दार र चार प्रहरी जवान गरी छ जना खटाइएको छ भने निकट भविष्यमै प्रहरी सहायक निरीक्षकको नेतृत्व रहने प्रमुख नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.