राष्ट्रिय

जिल्ला अस्पतालमा जनशक्तिको अभावः ओपीडी सेवा बन्द
-न्युजभित्तो

बाँके, १७ वैशाख । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा जिल्ला अस्पताल बर्दियामा जनशक्तिको अभाव हुन थालेको छ । जनशक्तिको अभावसँगै चिकित्सकलगायतका स्वास्थ्यकर्मी सङ्क्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि ओपीडी सेवा तत्काललाई बन्द गरेको अस्पतालले जनाएको छ ।...

विराटनगरमा निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई
-न्युजभित्तो

मोरङ, १७ वैशाख  ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउनसकिने बताउनुभएको छ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उहाँले विराटनगर कोरोनाको मुख्य केन्द्रविन्दु रहेकाले...

भेरी अस्पतालमा थपिए २२७ सङ्क्रमित, थपिएका तीनको मृत्यु
-न्युजभित्तो

बाँके, १७ वैशाख ।  भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष...

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण
-न्युजभित्तो

काठमाडौँ, १७ वैशाख ।  गायक प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ । उनले आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी गराएका हुन् । उनले काठमाण्डौं मेडिकल कलेजमा पीसीआर परिक्षण गर्दा आफुलाई कोरोना पोजिटिभ देखिएको बताएका छन्। अहिले...

गैंडाको आक्रमणबाट एक जना घाईते
-न्युजभित्तो

चितवन,  १७ वैशाख । चितवनमा गैंडाको आक्रमणबाट एक जना घाईते भएका छन् । आज (शुक्रबार) ०८:३० बजेको समयमा भरतपुर भरतपुर महानगरपालिका ३ नगरवनमा घांस काट्ने क्रममा अचानक जंगली गैंडाले आक्रमण गर्दा बारघरेका ६५ बर्षिय बुद्दवल गुरुङ घाईते भएका हुन् । गोर्खा...

झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान
-न्युजभित्तो

जलेश्वर, १७ वैशाख ।  गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज...

आगलागीबाट पच्चीस लाख क्षति
-न्युजभित्तो

बनेपा, १७ वैशाख  । काभ्रेपलाञ्चोकको पाँँचखाल नगरपालिका–४ तामाघाट बजारको एक किराना पसलमा आज बिहान आगलागी हुँदा करीब रु २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा रहेको स्थानीय बासिन्दा घलबहादुर दनुवारको ट्रसले बनाएको एकतले घरको सटरमा सोही...

कोरोना बिरामीको उपचारका लागि निःशुल्क सवारीसाधन
-न्युजभित्तो

दमक, १७ वैशाख । यहाँका एक व्यवसायीले कोरोना भाइरस सङ्क्रमित बिरामीलाई आकस्मिक उपचारका लागि अस्पताल लैजान निःशुल्क रुपमा सवारी साधन उपलब्ध गराउने भएको छ । दमकका युवा व्यवसायी शम्भु भण्डारीले गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका कोरोना भाइरस सङ्क्रमित...

सरकारले भन्यो : देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलियो
-न्युजभित्तो

काठमाडौं, १७ वैशाख । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको स्थितीमा संवेदनशील बन्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आज शुक्रबार एक अपिल प्रकाशित गरी मुलुकका २२ जिल्लामा कोरोनाभाइरस संक्रमण डरलाग्दो गरि फैलिएको जनाएको हो । मन्त्रालयले...

सिइडिबी हाइड्रोपावरको आईपीओ आजदेखि
-न्युजभित्तो

काठमाडौं, १७ वैशाख । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि आजदेखि आवेदन खुला भएको छ । शुक्रबारदेखि खुला भएको सेयर आगामी वैशाख २१ गतेसम्म खुला रहनेछ । प्रतिकित्ता रु एक सय अङ्कित दरको २५ लाख १८ हजार...