सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई अस्पतालमा एकै दिन चार संक्रमितको मृत्यु


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १४:५३ 
  •  चितवन, २० वैशाख । चितवनमा एकै दिन आज सोमबार चार जना कोरोना भाईरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेज (सिएमसी) मा तीन जना र कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज) (सिएमएस) मा एक जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सिएमसीमा ९ जना र सिएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराईरहेका हुन् ।

    यस्तै ६४ जना बिराामी आईसियूमा उपचाररत छन् । ती मध्ये सिएमसीमा ३६ जना, सिएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना उपचाररत छन् । यसैगरी ४६ जना संक्रमित एचडियूमा उपचार गराईरहेका छन् । ती मध्ये भरतपुर अस्पतालमा २४ जना, सिएमसीमा ८ जना र सिएमएसमा १४ जना रहेका छन् ।

    जिल्लाका अस्पतालमा उपचार गराईरहेका २२० जना संक्रमित मध्ये भरतपुर अस्पतालमा १०६, सिएमसीमा ७८ र सिएमएसमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शैया, सिएमसीमा १३९ शैया र सिएमएसमा १०० शैया कोभिड संक्रमितका लागि छुट्टाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.