सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वनिर्धारित उडान यथावत् : हवाई सेवा कम्पनी


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १४:४३ 

  • काठमाडौँ, २० वैशाख । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् ।

    कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आज रातिदेखि आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

    यात्रुको सुविधालाई दृष्टिगत गर्दै आजका लागि तोकिएका उडान दिनभर यथावत् रुपमा सञ्चालन हुने कम्पनीले जनाएका छन् । यती एयरलाइन्सले आफ्नो कोटामा परेका १० उडान यथावत् सञ्चालनमा रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

    बुद्ध एयरले पनि आफ्ना निर्धारित उडान सञ्चालन भइरहेको जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज २५ उडानमार्फत दुई हजार ५०० भन्दा बढी यात्रुले सेवा लिने बताउनुभयो । यात्रु सङ्ख्याका आधारमा निर्धारित उडान मर्ज हुने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

    सरकारले आज रातिबाट आन्तरिक तथा यही वैशाख २२ गते मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० तथा अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.