सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चीन र रुसबाट खोप ल्याउन प्रक्रिया सुरु : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १६:२६ 
  • काठमाडौं , २० वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका छन् ।

    सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत पनि खोप ल्याउन सरकार प्रयत्नशिल रहेको जानकारी दिए ।

    यसअघि पनि राजदूतसहित रुसी प्रतिनिधिमण्डललाई भेटेर खोप आपूर्ति गर्न आग्रह गरेका प्रधानमन्त्रीले ती मुुलुकबाट खोप ल्याउने औपचारिक जानकारी गराएका हुन् ।

    रुसको स्पुतनिक-भी र चीनको सिनोफार्मले विकास गरेको भेरोसेल खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । चीन र रुसले नेपाललाई थप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन् ।

    देशवासीलाई सम्बोधनको क्रममा प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ध आवश्यक पर्ने अक्सिजन, खोप लगायतका सामाग्री सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरे ।

    भारतबाट खोप आपूर्ति नहुँदा खोप अभियान प्रभावित बनिरहेको अवस्थामा प्रधानमन्त्रीले भारतको विकल्पमा खोप आपूर्ति गर्ने जानकारी दिएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.