सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल र भारतबीच एयर बबल सुविधाअन्तर्गत सातामा दुई उडान हुने


  •    न्युजभित्तो/२० बैशाख २०७८, सोमबार १५:३२ 
  • काठमाडौं, २० वैशाख । सरकारले बैशाख २३ गते मध्यरातदेखि लागु हुने गरि नेपाल र भारतबीच एयर बबल सुविधाअन्तर्गत सातामा दुई उडान गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आज मध्यरातदेखि आन्तरिक र बैशाख २३ गते मध्यरातदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

    तर, चार्टर र उद्दार उडानहरु भने कायमै रहने भएका छन् ।

    एयर बबल सुविधा अन्तर्गत नेपाल र भारतका नागरिकहरु मात्र आवतजावत गर्न पाउँछन् ।

    साथै बैठकले, स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी एयर बबल सुविधाअन्तर्गत उडान गर्न दिने निर्णय समेत गरेको छ ।

    पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको अनुगमन गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन दिन समेत निर्देशन दिएको छ ।

    मन्त्रिपरिषद्का निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी भैरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.