राष्ट्रिय

पल शाहले थाले निःशुल्क अक्सिजन वितरण,
-न्युजभित्तो

काठमाडौं , २१ वैशाख। अभिनेता पल शाह अभिनयसँगै सामाजिक कारणले पनि चर्चामा रहन्छन् । अघिल्लो लकडाउनमा उनले विपन्न फिल्म प्राविधिकलाई राहत वितरण गरेका थिए । कोभिड महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा उनले यसपटक पनि सहयोगी हात अघि बढाएका छन्...

नेपालसँग सीमा जोडिएको विहार आगामी मे १५ सम्म पूर्ण लकडाउन
-न्युजभित्तो

पटना, २१ वैशाख  । नेपालसँग सीमा जोडिएको भारतीय राज्य विहारमा आगामी मे १५ सम्म पूर्ण लकडाउन हुने भएको छ ।मुख्यमन्त्री नितिशकुमारले लकडाउन गर्न लागिएको जानकारी दिएका हुन् । मंगलबार बस्ने कोभिड संकट व्यवस्थान समूहको बैठकले यसबारे निर्णय गर्ने उनले...

न्याय परिषद् सदस्य खड्काको कोरोना संक्रमणका कारण निधन
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख  । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसक्नुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो...

थाहा नगरपालिकामा सर्वदलीय समिति गठन
-न्युजभित्तो

मकवानपुर, २१ वैशाख । मकवानपुरको थाहा नगरपालिकामा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ । नगरपालिकाका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिमा पालुङ जेसिज, पालुङ लाइन्स, रोटरी क्लब र स्थानीय...

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द
-न्युजभित्तो

डोटी, २१ वैशाख । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो ।...

कांग्रेस पदाधिकारी बैठकमा विश्वासको मतबारे छलफल हुने
-न्युजभित्तो

काठमाडौं, २१ वैशाख  । प्रतिनिधिसभाको विशेष अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ बजेपछि बस्ने बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिन लागेको अवस्थामा कांग्रेसले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ...

लुम्बिनीमा अन्तर्राष्ट्रिय सभाहल निर्माण अन्तिम चरणमा
-न्युजभित्तो

रुपन्देही, २१ वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान हल’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण...

सेती अस्पतालमा थप ६ कोरोना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

धनगढी, २१ वैशाख  । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय पुरुष रहेका छन् । महिलाको आज बिहान साढे...

हेटौँडामा कोरोनाबाट थप एक महिलाको मृत्यु
-न्युजभित्तो

मकवानपुर, २१ वैशाख । कोभिड–१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल...

कांग्रेस नेता गोपाल दहित कोरोना संक्रमित
-न्युजभित्तो

काठमाडौ २१ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री डा. गोपाल दहितलाई कोरोना संक्रमण भएको छ। चार दिन अगाडि स्वाव दिएको डा. दहितको रिपोर्ट पोजेटिभ आएको हो। ‘चार दिन अगाडि स्वाव दिएको थिएँ, रिपोर्ट पोजेटिभ आएको छ,’ डा. दहितले ...