सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलेसियाले नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १२:१७ 
  • काठमाडौं,२४ वैशाख  । कोभिड-१९ को नयाँ प्रजाति फैलिनबाट रोक्न मलेसियाले नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

    मलेसियाका बरिष्ठ मन्त्री इस्माइल साब्री याकोबले बुधबार यस्तो घोषणा गरेको त्यहाँको अखबार द स्ट्रेट टाइम्सले जनाएको छ । तर, कहिलेदेखि यात्रा प्रतिबन्ध लगाउनेबारे पनि उल्लेख छैन ।

    नेपालसहित श्रीलंका, बंगलादेश र पाकिस्तानलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी छ । मलेसियाले भारतसँग लगाएको यात्रा प्रतिबन्ध चाहिँ अप्रिल २८ सम्म रहने जनाइएको छ ।

    पर्यटक र बिजनेस भिजामा आउने यात्रुलाई रोक लगाइएपनि कूटनीतक भ्रमणलाई चाहिँ खुलै राख्ने मलेसियाको तयारी छ । नेपालको एक ठूलो श्रम बजारले लगाएको यस्तो अस्थायी प्रतिबन्धले अर्को धक्का लागेको छ ।

    केही दिनयता मलेसियामा कोभिड-१९ संक्रमणमा वृद्धि भएको छ । नेपालले पनि शुक्रबारदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ तर, एयर बबल सुविधाअन्तर्गत सातामा दुईपटक भारतसँगको उडान भने निरन्तर हुने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.