सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल सुपर लिगमा पोखरा र चितवन भिड्दै, दुवैलाई जितको दवाव


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार ११:५० 
  • काठमाडौं, २४ वैशाख  । नेपाल सुपर लिग (एनएसएल)मा आज अंकतालिकाको पुछारमा रहेका दुई टिम पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोलीलाई जितको दवाव छ ।

    राष्ट्रिय टोली र त्रिभुवन आर्मी क्लबका टिममेट नवयुग श्रेष्ठको कप्तानीमा रहेको पोखरा र भरत खवासको कप्तानीमा रहेको चितवन एनएसएलमा राम्रो लय भेट्टाउन संघर्षरत छन् । चितवनको ४ खेलबाट २ अंक छ भने पोखराले ५ खेलबाट ५ अंकमात्र जोडेको छ ।

    आजको खेल बराबरी वा पराजित भएको अवस्थामा दुवै टोलीको प्लेअफ प्रवेशको सम्भावना सकिनेछ । यसैले आजको खेल दुवै टोलीका लागि गर या मरको अवस्थामा हुनेछ । चितवनले त आजको खेल जितेको अवस्थामा पनि प्लेअफ प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने हुन्छ ।

    यसअघि हिजो भएका खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले आआफ्नो खेलमा जित हासिल गरेका थिए । दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १-० तथा काठमाडौंले विराटनगर सीटी एफसीलाई ५-४ गोलअन्तरले पराजित गरे ।

    प्रतियोगितामा पहिलो जीतपछि ललितपुरले प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । लगातार खराव प्रदर्शनपछि प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको पहिलो खेलमा ललितपुरको प्रदर्शन उच्च रह्यो ।

    बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ । बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौं प्लेअफमा प्रवेश गरेको छ ।

    ललितपुरका लागि खेलको छैटौं मिनेटमा विदेशी नुर्लान जाहिदले निर्णायक गोल गर्नुभयो । खेलको २२औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो । पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन ।

    मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो । खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो । खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन ।

    ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक छ ।

    अर्को खेलमा काठमाडौंँ रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी बने। विराटनगरले खेलको छैटौं मिनेटमा नै पहिलो गोल गरेको थियो ।

    उक्त गोल विदेशी एडिलाजाले गरेका हुन । खेलको २५ औं मिनेटमा सुनिल बलको प्रहार काठमाडौंका गोलकिपर विकेश कुथुले बचाए । खेलको ३४ औं मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे ।

    खेलको ३५ औं मिनेटमा काठमाडौंका लागि विदेशी मेसुकेले पहिलो गोल गरे । लगत्तै उनले नै दोस्रो गोल गरे । खेलको ४१ औं मिनेटमा काठमाडौंका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे ।

    मध्यान्तरपछिको खेलमा काठमाडौंका लागि ६७ औं मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे। खेलको ७९ औं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे ।

    यस्तै खेलको ८२ औं मिनेटमा काठमाडौंका लागि छिरिङ गुरुङले पाँचौ गोल गरे । खेलको इञ्जुरी समयमा माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५-४ गोलको अवस्थामा पुर्‍याए । जीतसँगै काठमाडौं पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.