सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुधार हुँदै जलविद्युत् सेवा


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १२:११ 
  • खलङ्गा, २४ वैशाख  । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको साना जलविद्युत् सेवामा पछिल्लो समयमा सुधार हुँदै गएको छ । २०४० सालमा निर्माण भएको विद्युत् जीर्ण बन्दै गएपछि भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण गरिएको थियो ।

    पुनर्निर्माणका लागि दूतावासले रु दुई करोड ६३ लाख ७७ हजार सहयोग गरेको थियो । सो रकमले विद्युत्को दुईवटा जेनेरेटर खरीद गरिएको थियो । अहिले विद्युत्गृहमा रहेका दुवै जेनेरेटर चलिरहेका छन । विद्युत् पुनर्निर्माणको जिम्मा भारतीय पारसी कम्पनीले लिएको थियो ।

    संविधानसभा सदस्य ललितजङ्ग शाहीले भारतीय सरकारका तर्फबाट राजदूतावासको माध्यमबाट विद्युत् पुनर्निर्माणमा गरिएको सहयोग उपलब्धिपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भारत सरकारले यहाँको विद्युत् मात्र होइन । शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ । करोडौँका संरचना निर्माण भएका छन् । यो भारत नेपालको विकास साझेदारीमा एक उदाहरण हो ।”

    भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले जुम्लामा रहेको विद्युत्मा लगानी गर्न पाउनु भारत सरकारको अवसर भएको बताउनुभयो । जुम्लावासीको आग्रहबमोजिम भारत सरकारले विद्युत्मा लगानी गरेर पुनर्निर्माणको काम गरिदिएकामा जिल्लावासी खुशी भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कर्मा बुढाले बताउनुभयो । तत्कालीन थोरै घरका लागि निर्माण भएको विद्युत् जीर्ण हँुदै जाँदा समस्या भएको थियो । अहिले पुनर्निर्माणले थोरै भए पनि राहत मिलेको छ ।

    सांसद् शाहीको कार्यकालमा एलइडी बल्बको अवधारणा अघि बढ्यो । संसद् विकास कोषको रु २० लाख र साना जलविद्युत् उपभोक्ता समितिको रु पाँच लाखमा प्रतिघर चारवटा बल्ब निःशुल्क बाँडियो । “तर पनि विद्युत् समस्या समाधान हुन सकेन ।

    जुम्लाको विद्युत् समस्या समाधानका लागि धेरै विकल्प अपनाइए तर समाधान हुन सकेन”, साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णु बढ्थापाले बताउनुभयो । सदरमुकाम खलङ्गामा मात्रै विद्युत्का तीन हजारभन्दा बढी ग्राहक रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.