सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता’ पुरस्कार प्रदान


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार ११:२६ 
  • मोरङ, २४ वैशाख । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस २०७८ को उपलक्ष्यमा चार अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरेकोे छ । पुरस्कृत हुने पत्रकारमा गोविन्दचन्द्र क्षेत्री (झापा), गञ्जबहादुर दाहाल (झापा), कौशल चेम्जोङ (उदयपुर) र ललित भट्टराई (मोरङ) रहनुभएको छ ।

    उहाँहरुलाई रु एक लाख र सम्मान पत्रद्वारा उपयुक्त समयमा सम्मान गरिने मन्त्रालयका सूचना अधिकारी विजयकुमार मगरले जानकारी दिनुभयो । मन्त्रालयले आव २०७४-७५ देखि प्रत्येक वर्ष दुई अग्रज पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएकामा गत वर्ष कोरोना महामारीका कारण सार्वजनिक समारोह गरी पुरस्कार वितरण गर्न कठिनाइ भएको तथा यस वर्ष गरी चार पत्रकारलाई पुरस्कार एवं सम्मान गर्ने मन्त्रिस्तरीय बैठकबाट निर्णय गरिएको हो ।

    सो पुरस्कार प्रदान गर्नका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घ १ नं प्रदेश समितिका अध्यक्ष लीलाबल्लभ घिमिरे र निवर्तमान अध्यक्ष विक्रम लुइँटेल सदस्य रहनुभएको छनोट समिति गठन गरिएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.