सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना जोखिम हुन नदिन स्वास्थ्य सुरक्षा सामग्री सहयोग


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार १२:०५ 
  • गण्डकी, २४ वैशाख । नेलम्बो नेपालले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

    निर्देशनालयलाई रु एक लाख ८५ हजार ७५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु ५० हजार ७८० बराबरको सामग्री प्रदान गरिएको हो । संस्थाका तर्फबाट पिपिई सेट, मास्क, भाइजर, फेस शिल्ड, स्यानिटाइजर, स्यानिटाइजर स्ट्यान्ड, थर्मल गन, साबुन, स्प्रे बोतल, ग्लोब्सलगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गर्नुभएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयलाई प्रदान गरिएका सामग्री ग्रहणका क्रममा सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सहयोगप्रति आभार व्यक्त गर्दै विषम परिस्थतिको मूल्याङ्कन गरेर नेलम्बोले सहयोग गरेको बताउनुभयो ।

    पहिलो चरणमा विभिन्न सङ्घसंस्थाबाट प्रदेश सरकारलाई रु चार करोड बराबरको सहयोग प्राप्त भएको जानकारी दिँदै उहाँले दोस्रो चरणमा पनि सहयोग जुट्दै जाने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष देवकोटाले सरकार, सङ्घसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने बताउनुभयो । निर्देशनालय र प्रतिष्ठानसँग सहकार्य गर्न संस्था तयार रहेको उल्लेख गर्दै उहाँले महामारीविरुद्घ लड्न निर्देशनालयलाई रु १५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने जनाउँदै प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास व्यक्त गर्नुभयो । निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पुयाइने बताउनुभयो । नेलम्बोका कार्यक्रम संयोजक डा किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी दिँदै संस्थाले आफ्नो स्थापनाको चार वर्षयता शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.