सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन


  •    न्युजभित्तो/२४ बैशाख २०७८, शुक्रबार ११:३८ 
  • बलेवा, २४ वैशाख  ।  ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पुयाउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र वन्यजन्तु कोषसमेतको पहलमा ब्यूरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पतिलगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संवद्र्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गर्ने र प्रभावकारी रुपमा आपसी संवाद, सहकार्य गर्ने जिम्मेवारी ब्यूरोले पाएको छ ।

    विसं २०७७ पुस २८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेअनुसार ब्यूरो गठन गरिएको हो । शिकार आरक्ष फैलिएका म्याग्दी र रुकुम पूर्वमा पनि ब्यूरो गठनका लागि सिफारिस गरी विभागमा पठाइएको कँडेलले जानकारी दिनुभयो ।

    “यो एउटा एक्शन समिति हो, जसले संरक्षणमा विशेष ध्यान दिएर काम गर्छ”, कँडेलले भन्नुभयो, “शिकार आरक्ष क्षेत्रका वन्यजन्तु, वन पैदावार, वनस्पतिलगायतको संरक्षणमा ब्यूरोले विशेष काम गर्नेछ ।” ब्यूरोमा जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, कारागार र जिल्ला हुलाक कार्यालयका प्रतिनिधिको सहभागिता रहनेछ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.