राष्ट्रिय

सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
-न्युजभित्तो

जलेश्वर, १० जेठ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि...

सुगम जिल्लाको दुर्गम ठाउँमा कोरोना नियन्त्रणमा सक्रिय ‘हिरो’
-न्युजभित्तो

 धनगढी, १० जेठ । डा गगन चौधरी राम्ररी सुत्न नपाउनु भएको महिना दिनभन्दा बढी भइसक्यो । बिरामीहरूको उपचारमा तल्लीन भएका कारण उहाँलाई आजभोलि निद्रा पनि खासै लाग्दैन । उहाँ सुत्नु परे पनि बिरामीको जाँच गर्दागर्दै त्यही आफ्नो टेबलमा बस्दाबस्दै...

आरोग्य सेवा केन्द्रमा सेवाग्राही वृद्धि
-न्युजभित्तो

टिस्टुङ, १० जेठ । कोरोना सङ्क्रमण तीव्र भइरहेको बेला मकवानपुरका नागरिक आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरु बढ्दै गएका छन् । यसै वर्षदेखि सञ्चालनमा आएको मकवानपुरको चारवटै आरोग्य सेवा केन्द्रमा सेवाग्राहीहरुको सङ्ख्या बढ्दै गएको नारायणी अञ्चल आयुर्वेदिक औषधालय चिकित्सक सृष्टि श्रेष्ठले बताउनुभयो...

काठमाडौंमा निषेधाज्ञा एकसाता लम्बिँदै, सीडीओ भन्छन्- थप कडाइ गर्छौं
-न्युजभित्तो

काठमाडौं,१० जेठ । कोरोनभाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । मंगलबार बस्ने उपत्यकास्थित...

महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी
-न्युजभित्तो

महोत्तरी, १० जेठ ।  महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी...

चाउचाउ र बिस्कुटबाट शुरु भएको अभियान निःशुल्क खानासम्म
-न्युजभित्तो

चितवन, १० जेठ । भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निःशुल्क खाना अभियानमा परिणत भएको छ । कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षिया पवित्रा...

एमाले स्थायी कमिटी बैठक चार बजे
-न्युजभित्तो

काठमाडौँ, १० जेठ । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका...

आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना
-न्युजभित्तो

काठमाडौँ १० जेठ । आज १ नं. प्रदेश लगायतका भू-भागका पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । आज राति प्रदेश १, बागमाती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन
-न्युजभित्तो

काठमाडौँ, १० जेठ । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो...

झापामा शव व्यवस्थापनका लागि स्काउटरलाई प्रशिक्षित गरिँदै
-न्युजभित्तो

झापा, १० जेठ । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । देशभर अहिले नेपाली सेनाको टोलीले मात्रै सङ्क्रमितको शव व्यवस्थापन गर्दै दाहसंस्कार गर्ने गरिएकोमा झापामा सेनालाई यो कार्यमा सघाउन थप जनशक्तिको व्यवस्थापन...