सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गहुँ उत्पादनमा ह्रास


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १४:४१ 
  • बझाङ, १२ जेठ  ।  बझाङमा हिँउदेबालीको उत्पादनमा ह्रास आएको छ । सिँचाइको सुविधा भएका बाहेक आकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको छ ।

    लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आउँदा जिल्लामा खाद्य सङ्कट हुने देखिएको छ । उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयस्रोत भएको परिवारले चरम खाद्य सङ्कटको सामाना गर्नुपर्ने अवस्था आएको छ ।

    आकासे पानीको भरमा खेती गर्ने यस क्षेत्रका कृषकमा उत्पादन ह्रास भएसँगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ । उनीहरूमा अनुसार यसपालि त खेतबारी सबै बाँझो छ । हिउँदभरि पानी परेन । पुस/माघमा पानी परे राम्रै उब्जाउ हुन्थ्यो । खडेरीले खेती किसानी गरेर जीविका चलाउनेलाई मर्नु न बाँच्नु बनाएको छ । हिउँदेवाली खेतमै सुकेपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तड छान्ना गाउँपालिका–७ गोर्खालीका सुर्जन सिंहले बताउनुभयो । बझाङमा चरम खाद्य सङ्कट हुने भन्दै खडेरी पीडित किसानलाई तत्काल राहतको व्यवस्थापन गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताउनुभयो ।

    “हामीले थलारा गाउँपालिकामा सुख्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्याङ्क सङ्कलन गरेका थियौँ । विभिन्न वडाका १८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरीको क्षति भएको पाइएको छ । यो खाद्य सङ्कटको उच्चतम विन्दु हो ।” प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खेबालीका लागि बीउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । आकासेपानीको भरमा खेती हुने क्षेत्रका किसान सिँचाइको सुविधा भएका क्षेत्रबाहेक आकासेपानीको भरमा खेती गरिने ठाउँको ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाभरि १५ हजारभन्दा बढी हेक्टरमा गहुँ, जौ, मसुरोे कूल खेतीयोग्य जमीनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको बझाङमा वार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुने गरेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार जनसङ्ख्याको अनुपातमा पर्याप्त छैन । हरेक वर्ष सात हजार मेट्रिक टन अपुग हुने गरेको थियो । यसपालि त खडेरीले उत्पादनमा ह्रास ल्याएको सरदरमा यो वर्ष १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ खडेरीका कारण जिल्लाको कूल जनसङ्ख्याको ४५ प्रतिशत जनसङ्ख्या खाद्य सङ्कट हुने बताउनुभयो । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.