सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र


  •    न्युजभित्तो/१२ जेष्ठ २०७८, बुधबार १४:२५ 
  • काठमाडौँ, १२ जेठ । काठमाडौँको नागार्जुनमा ३०० श्ययाको आइसोलेशन केन्द्र निर्माण गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको विशेष पहलमा नागार्जुन नगरपालिका र नेपाल चार्टर एकाउन्टेन एसोसिएशनको सहकार्यमा ३०० श्ययाको आइसोलेशन सेन्टर निर्माण गरिएको हो ।

    नागार्जुन नगरपालिका–१ रानीवनस्थित शहरी विकास मन्त्रालयले सुकुम्बासीको पुनर्वासका लागि बनाएका भवनमा निर्माण गरिएको उक्त आइसोलेशनमा चिकित्सकसहित सेवा उपलब्ध गराइएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले राससलाई जानकारी दिनुभयो । “वर्षौंदेखि प्रयोगविहीन भएका भवनलाई सदुपयोग गरेर कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि नगरपालिकाले अन्य व्यक्ति र संस्थाको सहकार्यमा आइसोलेशन केन्द्र स्थापना गरेको हो”, नगरप्रमुख बस्नेतले भन्नुभयो ।

    सो आइसोेलेशनमा ललितपुरको सर्वाङ्ग अस्पतालका चिकित्सकले सेवा प्रदान गर्नेछन् । उक्त आइसोलेशनमा १०० वटा अक्सिजन सिलिण्डरसहित सेवा उपलब्ध गराइएको कांग्रेस केन्द्रीय सदस्य पौडेलले बताउनुभयो । आइसोलेशन केन्द्रमा औषधि, खाना र स्वास्थ्य सुविधा निःशुल्क व्यवस्था गरिएको छ । नेता पौडेलले कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बस्न गाह्रो भएका बिरामीले उक्त आइसोलेशन सेन्टरबाट सेवा लिन सक्ने बताउनुभयो ।

    नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका नेता पौडेलले देशभर यस्तै प्रयोगविहीन रहेका सरकारी भवनलाई तुरुन्तै आइसोलेशन र अस्पतालका रूपमा दिनसके सङ्क्रमितले उपचार नै नपाएर मर्नुपर्ने अवस्था नआउने बताउनुभयो । “देशभर यस्ता भवन धेरै ठाउँमा छन्, त्यस्ता भवनको उपभोग गर्ने हो भने धेरै सङ्क्रमितको ज्यान बचाउन सकिन्छ, त्यसका लागि स्रोतसाधन भएको सरकारले इच्छाशक्ति देखाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    • सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    • हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.