सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाधिबेशन भदौमा सम्भव छैनः महामन्त्री कोईराला


  •    न्युजभित्तो/२२ श्रावण २०७८, शुक्रबार ११:४२ 
  • चितवन,२२ साउन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भदौमा महाधिबेशन सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले कृयाशिल सदस्यता बिबाद र पार्टी समायोजनका बिषयहरुका कारण भदौमा महाधिबेशन सम्भव नरहेको बताउनुभएको हो ।


    उहाँले भन्नुभयो “आन्तरिक समस्या समाधान गरेर महाधिबेशन मंसिर सम्ममा हुन्छ ।” पार्टी भित्र कृयाशिल सदस्यताको बिबाद महाधिबेशनको समयमा हुने गरेको भन्दै उहाँले यो परिपार्टीको अन्त्य गरि महाधिबेशन भन्दा एक वर्ष अघिनै यो टुङ्गाउनु पर्ने बताउनुभयो । काङ्ग्रेसको महाधिबेशन छिटो हुनु पर्ने आँफुहरुको माग रहेको उहाँले जानकारी दिनुभयो ।


    कृयाशिल सदस्यताको बिबाद मिलाएर बिजयकुमार गच्छेदार र राप्रपाबाट आएकाहरुलाई व्यवस्थापन गर्दै महाधिबेशनमा जानु पर्ने उहाँको भनाई छ । महाधिबेशनका लागि आँफ पनि सभापतिको उम्मेदवार रहेको बाउँदै उहाँले संस्थापन इतर समुहबाट एउटा मात्रै उम्मेदवार वन्ने बताउनुभयो । उहाँले भन्नुभयो “संस्थापन पक्षबाट दुई जना उम्मेदवार हुनुहुन्छ । इतर समुहमा ५ जना छौ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार वनाउन छलफल भइरहेको छ ।”
    फरक प्रसंगमा बोल्दै उहाँ आँफु अहिले सरकारमा जाने समय नभएको बताउनुभयो । बाहिर आएका कुराहरु हल्ला मात्रै भएको भन्दै उहाँले अहिले सरकारमा जाने सोचमा नरहेको प्रष्ट पार्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.