सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा (एमाले) मा महाधिवेशनबाट निर्वाचित पदमा क्रियाशील हुन सबैलाई खुला, संगठनात्मक क्रियाकलाप नरोकिने


  •    न्युजभित्तो/२३ श्रावण २०७८, शनिबार ११:३३ 
  • काठमाडौं, २३ साउन। नेकपा एमालेले संगठनात्मक गतिविधिहरु र पार्टीका विधान तथा स्थानीय तहका अधिवेशनहरुको काम नरोक्ने भएको छ । माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले अधिवेशन, सदस्यता नवीकरण लगायतका संगठनात्मक गतिविधिहरु रोक्न आग्रह गरेलगत्तै पार्टीको तर्फबाट यस्तो जवाफ आएको हो ।

    एमाले केन्द्रीय कार्यालय सचिव तथा वागमती प्रदेशका सहइन्चार्ज शेरबहादुर तामाङले पार्टी निष्क्रिय भएर बस्न नसक्ने भन्दै संगठनात्मक क्रियाकलाप र सदस्यता नवीकरण जस्ता कुरा नरोकिने बताउनुभयो ।

    उहाँले भन्नुभयो “संगठनात्मक गतिविधि रोक्ने भनेको पार्टी भंग गर्ने वा निष्क्रिय बनाउने हो, एमाले जस्तो पार्टी निष्क्रिय रहन सक्दैन, पार्टीका सबै कमिटी र गतिविधिहरु निरन्तर क्रियाशील हुन्छन् । उहाँहरु जुन दिन पार्टीमा फर्किनुहन्छ त्यहीं दिनबाट पूर्ववत जिम्मेवारी हुन्छ ।”

    तामाङले १० बुँदे सहमति नै पार्टी एकताको आधार भन्ने कुरा माधव नेपालले समेत मानिसकेपछि अब एकताका लागि अन्य शर्त स्वीकार्य नहुने बताउनुभयो । पार्टीले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हैसियतमा सबैले काम गर्नुपर्ने उहाँको भनाई छ ।

    पार्टी विधानले नचिन्ने दोस्रो अध्यक्ष वा बराबरी हस्ताक्षरसहितको पावर शेयरिङ भन्ने कुरा असान्दर्भिक भइसकेको तामाङले बताउनुभयो । उहाँले पार्टीका निर्धारित अधिवेशनहरु नरोकिने र आइतबारको केन्द्रीयक कमिटी बैठकले विधान अधिवेशनमा प्रस्तुत गरिने प्रस्तावलाई अनुमोदन गर्ने जानकारी दिनुभयो ।

    एमालेले भदौ २७ र २८ गते विधान महाधिवेशन आयोजना गरेको छ । विधान महाधिवेशनले पार्टीको विधानमा संशोधन र परिमार्जन गर्नेछ । त्यसका लागि शुक्रबार प्रस्तावमाथि अनौपचारिक छलफल भएको थियो । असोज ९ गतेभित्र एमालेले सबै स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.