सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिरोले घर पुरिंदा रसुवामा एकै परिवारका तीनको मृत्यु, एक जना बेपत्ता


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार १०:४५ 
  • रसुवा,३ भदौं ।दक्षिणी रसुवाको कोलडाँडामा पहिरोले एउटा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।

    निरन्तरको वर्षापछि आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा बुधबार राती श्यामबहादुर घलानको घर परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    पहिरोमा परी श्यामबहादुरकी श्रीमती ३२ वर्षीया कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आशिष घलानको पुरिएर मृत्यु भएको हो ।

    श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको शव फेला परिसकेको र अर्को एक जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

    घाइते गलानको नुवाकोटको त्रिशूली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको पनि प्रहरीले जनाएको छ ।

    घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणतर्फ ठूलोभोर्ले र धुसेनी गाउँको बिचमा पर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनाभित्र घुमाउने पुल निर्माण थाल्ने मन्त्री लम्सालको प्रतिबद्धता
    होली भिजन पब्लिक स्कुल, शिक्षक अभिभावक संघमा न्यौपानेको नेतृत्व
    सीपलाई आयआर्जनसँग जोड्न सके समतामूलक समाज निर्माणमा टेवा पुग्छः मन्त्री तामाङ
    • माडीबाट वाल्मीकिसम्मको यात्रा: मनोरञ्जनसँगै चिन्ताको अनुभूति
    • नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघमा नयाँ नेतृत्व, अध्यक्षमा कुँवर
    • नाटा रनिङ्ग शिल्ड जनप्रियलाई
    • विकासका समस्या पहिचान गरी समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.