सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा माछा विकासका लागि दुई करोड ८० लाख विनियोजन,७५ बिघामा माछा पोखरी बनाइँदै


  •    न्युजभित्तो/३ भाद्र २०७८, बिहीबार ११:३७ 
  • चितवनमा,३ भदौं । जिल्लामा माछा विकासका लागि रु दुई करोड ८० लाख विनियोजन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार मत्स्य पोखरी क्षेत्र विस्तारका लागि रु दुई करोड ५० लाख र पुरानो मत्स्य पोखरी मर्मत तथा सम्भारका लागि रु ३० लाख बजेट स्वीकृत गरिएको छ ।

    कार्यालय प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा दयाराम चापागाईँका अनुसार जिल्लाभर ७५ बिघा जलाशय निर्माणका लागि रु दुई करोड ५० लाख विनियोजन गरिएको हो । प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्लामा माछा प्रवद्र्धन कार्यक्रममा चालु आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेको हो । उहाँका अनुसार अनुदान कार्यक्रममा मात्रै रु पाँच करोड ५० लाख छ । कार्यालयले चालु आर्थिक वर्षमा बाख्रा, गाईभैँसी प्रवद्र्धन र यान्त्रीकरणमा पनि जोड दिएको छ । बाख्रा प्रवद्र्धनअन्तर्गत रु ७५ लाख बजेट रहेको चापागाईले बताउनुभयो ।

    त्यस्तै भरतपुर महानगरपालिका–२७ मा भैँसी प्रवद्र्धन गर्न रु १५ लाख, रत्ननगर नगरपालिका–२ मा गाईको प्रवद्र्धन गर्न रु १५ लाख, कबुलियती वन तथा पशु विकास कार्यक्रमका लागि रु १० लाख, घाँस खेतीको स्रोत केन्द्र स्थापनादेखि प्रवद्र्धनका लागि रु १९ लाख ६६ हजार मन्त्रालयबाट स्वीकृत भएको उहाँले जानकारी दिनुभयो ।

    कार्यालयले साना कृषक र मझौला कृषक लक्षित गाईभैँसी प्रवद्र्धनको कार्यक्रमअन्तर्गत साना कृषक लक्षित गाईभैँसी प्रवद्र्धनमा रु ३५ लाख र मझौला कृषक लक्षित गाईभैँसी प्रवद्र्धन कार्यक्रममा रु ३२ लाख बजेट विनियोजन गरिएको छ । जैविक सुरक्षासहितको खोर र गोठ निर्माण सुधारका लागि रु ४० लाख रकम रहेको छ ।

    यसैगरी पशु स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न रु ३६ लाख ७९ हजार बजेट स्वीकृत गरिएको छ । सङ्घीय सरकारको समन्वयमा गाईभैँसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप कार्यक्रममा रु २२ लाख विनियोजन गरिएको चापागाईँको भनाइ छ । चापागार्इँले भन्नुभयो, “पशुपन्छीमा लाग्ने सङ्क्रमण रोगविरुद्धको खोप, बर्डफ्लु नियन्त्रण, इपिडेमियोलोजिकल रिपोर्टिङलगायतका शीर्षकमा रु १४ लाख ७९ हजार आएको छ ।”

    यो जिल्ला माछा, मासु, अण्डामा आत्मनिर्भर रहेको छ । जिल्लामा माछापोखरी एक हजार ५००, मत्स्य ह्याचरी १०, माछा दाना उद्योग एक, कुखुराका ह्याचरी १०५, दुग्ध उत्पादन सहकारी संस्था १०९, दुग्ध प्रशोधन केन्द्र आठ र पशुपन्छी उद्योग दुई रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.