सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अब चितवनबाटै नै सवारी चालक अनुमति पत्र नविकरण हुने


  •    न्युजभित्तो/४ भाद्र २०७८, शुक्रबार १०:२२ 
  • चितवन, ४ भदौ । अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण गरिने भएको छ । बुधबार मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले भरतपुरलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको सुरुवाती निर्णय गरेका हुन।

    नेपाल यातायात महासंघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद सुवेदीको नेतृत्वमा गएको टोली सँगको भेटमा पाण्डेले सो निर्णय गरेको उपाध्यक्ष सुबेदीले बताए । सुबेदीका अनुसार भरतपुर यातायात कार्यालयबाट अब अनलाइन भुक्तानी पनि शुरु हुने छ । यसका लागि आबश्यक जनशक्तिको चाँडैनै ब्यबस्थापन गरिने र उक्त जनशक्तिलाई तालिमको ब्यबस्था गरि काम शुरु हुने मन्त्री पाण्डेले बताएको सुबेदीको भनाइ थियो ।

    भाडा समायोजनको निर्णय गरिनु पर्ने माग लिएर गेएको नेपाल यातायात महासंघको सँगको टोली सँगको भेटमा एक हप्ता भित्र भाडा समायोजनको निर्णय हुने कुरामा ढुक्क हुन आफुहरुलाई भनेको सुबेदीले बताए ।

    भाडा समायोजनको माग तथा मन्त्री थापालाई बधाई दिन चितवनबाट सुवेदीको नेतृत्वमा महासचिव सरोज सिटौला , बद्री प्रसाद पौडेल, शंकर गिरी लगायतको टोलि हेटौंडा पुगेको थियो। साथै सो टोलिले बागमती प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्यलाई समेत भेट गरि बधाइ तथा शुभकामना दिदै आफ्ना माग प्रति ध्यानाकर्षण गराएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.