सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश प्रमुख कलौनीद्वारा स्थापना दिवसको शुभकामना


  •    न्युजभित्तो/४ भाद्र २०७८, शुक्रबार ११:२२ 
  • कर्णाली, ४ भदौ । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
    उहाँले यस अवसरमा आज कर्णालीवासी सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै विशेषगरी कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा आफ्नो जीवनको उत्सर्ग गर्ने महान् शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
    एक शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “कर्णाली प्रदेश स्थापनार्थ दुई साता लामो आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारको सहादतपश्चात विसं २०७२ भदौ ४ गते आजकै दिन कर्णाली प्रदेशको स्थापना भएको हो, प्रदेश प्राप्तिका लागि जीवन बलिदान गर्नुहुने चारै जना शहीदको सपना साकार पार्न मन, वचन र कर्मले अविचलितरूपमा समर्पित रहन हामी सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
    ‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ यस ऐतिहासिक महत्वको दिनले कर्णाली प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच हासिल गर्न अझ प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रदेश प्रमुखले दिनुभएको छ । सो अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.