सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव नेपालको नेकपा (एस) का ३० सांसदको सनाखत


  •    न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १५:०४ 
  • काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसदको हस्ताक्षर सनाखत भएको छ । यसअघि ३१ सांसदले हस्ताक्षर गरी पार्टी विभाजनका लागि निवेदन दिएकोमा ३० जनाको मात्र सनाखत भएको छ ।

    पार्टी दर्ताका लागि निवेदन दिंदा एमालेका ३१ सांसद र ५८ केन्द्रीय सदस्यको हस्ताक्षर थियो । तर, ३ केन्द्रीय सदस्य ब्याक भएपछि ५५ जना मात्र हस्ताक्षर सनाखतमा पुगे । झलनाथ खनालको हस्ताक्षर पनि सनाखत भएको छ । उनी नयाँ दिल्लीमा उपचारका लागि पुगेका छन् । राजदूतावासमार्फत् पत्र लेखेर पठाएका उनको हस्ताक्षर सनाखत गरिएको हो ।

    ४ सांसद सनाखतका लागि पुगेपनि उनीहरुको विषयमा कुरा मिलेको छैन । यसबारे कुरा भइरहेको माधव नेपाल पक्षका नेता गंगालाल तुलाधरले जानकारी दिए । पछि थपिएका ४ जनाकोबारे विवाद भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.