सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा १० दिन निशेधाज्ञा थपियो : अब बजार र सरकारी कार्यालय नियमित खुल्ने


  •    न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १६:४० 
  • चितवन,९ भदौं । जिल्ला प्रशासन कार्यालयले १० दिन निशेधाज्ञा थप गरेर भदौ २० गतेसम्म पुरयाएको छ । जारी निशेधाज्ञाको तुलनामा भोलि राती १२ बजेपछि बाट लागु हुने निशेधाज्ञालाई खुकुलो गरिएको छ । आज प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गरी १० थपिन लागेको जानकारी दिएका हुन् ।

    आदेश अनुसार यस भन्दा अघिको निशेधाज्ञामा चारवटा भीड हुने सरकारी कार्यालयहरु मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, नापी कार्यालय र जिल्ला प्रशासन कार्यालयहरु बन्द गरिएकोमा अबदेखि नियमित रुपमै सञ्चालन हुनेछन । यसैगरी अत्यावश्यक बस्तु बाहेक दैनिक उपभोक्ताका बस्तुहरुका लागि साताको तीन दिन मात्र सञ्चालन हुंँदै आएकोमा अबदेखि पहिलेकै समय तालिकामा सातै दिन सञ्चालन गर्न पाईनेछ । अन्य क्षेत्रहरुको हकमा कुनै आदेश शंशोधन गरिएको छैन ।

    सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले कोरोना संक्रमितको संख्या घटेसंँगै सिसिएमसीको सिफारीश अनुसार निशेधाज्ञा खकुलो गरिएको बताए ।
    ‘अघिल्लोपटकको निशेधाज्ञामा ३७०० सक्रिय संक्रमित थिए शर्माले भने अहिले घटेर १७०० सय जति छन । ’ उनका अनुसार संक्रमितको दर अनुसार निशेधाज्ञालाई कडा र खुकुलो गर्दै लगिने छ । जारी निशेधाज्ञा भोलि राती १२ बजे सकिंँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.