राष्ट्रिय

राजमार्ग मर्मतको माग गर्दै स्थानीयवासी आन्दोलनमा
-न्युजभित्तो

लहान, २९ भदौ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडक मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रेका छन् । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयवासी सडक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा
-न्युजभित्तो

काठमाडौं,२९ भदौ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने ७७ प्रतिशत वित्तिय प्रगति सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । अब विमानस्थलमा साना केही प्राविधिक कामहरू मात्रै...

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई सुन्दरीजलबाट पक्राउ गरेको छ । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले बारा जिल्ला जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार...

असोजको दोस्रो सातादेखि दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव
-न्युजभित्तो

काठमाडौं,२९ भदौ । यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग पहिलो चरणमा छलफल गर्दै विभागले असेज ८-९ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका...

बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म स्थगित
-न्युजभित्तो

काठमाडौं,२९ भदौ । बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित...

रुपन्देहीमा आठ महिनाको नाबालकको हत्या आरोपमा बुवा-आमा पक्राउ
-न्युजभित्तो

रुपन्देही,२९ भदौ । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । मल्लाह...

नवलपुर दुर्घटना अपडेट : मृतक र घाइतेहरुको खुल्यो पहिचान
-न्युजभित्तो

नवलपुर, २९ भदौ  ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना...

बालिका बेचेको आरोपमा ५० वर्षीया महिला पक्राउ
-न्युजभित्तो

कर्णाली, २९ भदौ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको छ । विसं २०७१ जेठ १८...

गण्डकीको सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न निर्देशन
-न्युजभित्तो

गण्डकी, २९ भदौ । गण्डकी प्रदेशका सबै जिल्लामा भू तथा जलाधार कार्यालय राख्न अर्थ तथा विकास समितिले निर्देशन दिएको छ । समितिद्वारा वन वातावरण तथा भू–संरक्षणमन्त्री दीपक थापासँग अन्तक्र्रिया गर्दै उक्त निर्देशन दिएको हो । समितिका सभापति दीपक कोइरालाले सङ्घीयताको...

नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन मङ्सिर २४ र २५ मा
-न्युजभित्तो

काठमाडौँ, २९ भदौ । नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो । सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८००...