सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकी सरकारले आँबुखैरहनीमा ग¥यो स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रको स्थापना


  •    न्युजभित्तो/२ आश्विन २०७८, शनिबार ०८:२९ 
  • दमौली, २ असोज । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो ।

    निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे÷नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “सबै यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ”, उहाँले भन्नुभयो, “यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिनेछ ।”

    निगरानी केन्द्रमा हेल्थ असिस्टेन्टको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटाइएको छ । “निगरानी केन्द्रबाट कोरोनाको मात्र नभई हाल फैलिएको निपा भाइरस, सेतो पुतलीको प्रकोपलगायतका बारेमा यात्रुलाई जानकारी दिन्छौँ”, उपाध्यायले भन्नुभयो । गाउँपालिका र मन्त्रालयको सहकार्यमा स्थापना गरिएको निगरानी केन्द्रको शुक्रबार शुभारम्भ गर्दै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार गम्भीररुपमा लागिरहेको बताउनुभयो ।

    गण्डकी प्रदेशका वासिन्दालाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि निगरानी केन्द्र स्थापना गरिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो । “निगरानी केन्द्र हेर्दाखेरी सानो लाग्छ, तर सारमा यसले महत्वपूर्ण काम गर्नेछ”, उहाँले भन्नुभयो, “कोरोना भाइरस नियन्त्रण गर्दै यसबाट सुरक्षित रहनका निमित्त मुख्यतः छिमेकी देशबाट प्रवेश गर्दै गर्दा समुदायमा नफैलियोस् भन्नका लागि प्रवेश नाकामा निगरानी केन्द्र स्थापनाको निर्णय गरेका थियाँै।”

    मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले हरेक व्यक्तिको स्वास्थ्यको निगरानी गर्न र सूचना प्रवाह गर्ने उद्देश्यले निगरानी केन्द्र स्थापना गरिएको बताउनुभयो । सरकारले नवलपुरको दाउन्ने र स्याङ्जाकोा राम्दीमा पनि निगरानी केन्द्र स्थापना गर्ने उहाँले जानकारी दिनुभयो ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङ, गोरखाका पालुङटार नगरपालिका प्रमुख दीपक कँडेललगायतले स्वास्थ्य मापदण्ड पालना नै कोरोनाबाट बच्ने प्रमुख उपाय रहेको बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.