राजनीति

चितवनमा उपनिर्वाचनको तयारी तीव्र
-न्युजभित्तो

चितवन । आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि चितवनमा तयारी तीव्र पारिएको छ । आगामी बुधबार स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ । जिल्ला निर्वाचन...

नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभाग गठनले पायो पूर्णता
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग, सल्लाहकार कमिटी र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव चयन गर्दै सो कार्यलाई पूर्णता...

उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार
-न्युजभित्तो

काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा...

अध्यक्ष दाहालसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको बताउनुभएको छ । असंलग्न आन्दोलन (नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ शिखर सम्मेलनमा...

बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार समृद्धिमा निरन्तर अगाडि बढ्छ : प्रचण्ड
-न्युजभित्तो

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार विकास र समृद्धिमा निरन्तर अगाडि बढ्ने बताउनुभएको छ । आज नेवाः मुक्ति मोर्चा नेपालले आयोजना गरेको मध्यपुरथिमिस्थित शङ्खधर साख्वाः...

सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन द्वन्द्वपीडितको माग
-न्युजभित्तो

काठमाडौँ । द्वन्द्वपीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ । चौतारीले आज प्रेस विज्ञप्तिमार्फत पीडामा पिल्सिरहेका आफ्ना नागरिकको पीडाको सुनुवाइका लागि इमान्दार भएर सङ्क्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढाउन माग...

पूर्व सभामुख नेम्वाङको ठहर : राजनीतिज्ञमा निष्ठाको खाँचो छ
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानद्वारा चन्द्रबहादुर गुरुङको चौथो स्मृतिसभामा आज आयोजित कार्यक्रममा उहाँले तत्कालीन राष्ट्रिय प्रजातन्त्र...

नेकपाका नेता दिनानाथ शर्मा भन्नुहुन्छ, ‘तत्काल मन्त्रिमण्डल हेरफेर हुँदैन’
"'प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्नुहुन्छ' "
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले मन्त्रीहरुको हेरफेरबारे पार्टीभित्र छलफल भए पनि तत्काल हेरफर नहुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भए पनि...

छिमेकीसँग सम्बन्ध सुधार र नयाँ नयाँ आयोजनाले देश विकास र समृद्धिको नयाँ बाटोमा : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा...

मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश : प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताउनुभएको छ । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट...