सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्व सभामुख नेम्वाङको ठहर : राजनीतिज्ञमा निष्ठाको खाँचो छ


  •    न्युजभित्तो/६ कार्तिक २०७६, बुधबार १८:१२ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताउनुभएको छ । चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानद्वारा चन्द्रबहादुर गुरुङको चौथो स्मृतिसभामा आज आयोजित कार्यक्रममा उहाँले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गर्नुभएको स्मरण गर्नुभयो ।

    पहिलो संविधानसभामा उक्त पार्टीको नेतृत्व गर्नुभएका गुरुङले धर्मलगायत विषयमा फरक मत प्रकट गरेर पनि बहुमतलाई सम्मान गर्दै देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्न भूमिका निर्वाह गर्नुभएको पूर्व सभामुख नेम्वाङको भनाइ थियो ।

    राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिमा अहिले अपराधीकरण बढेर गएको र शक्ति तथा सत्ताका लागि अमानवीय तरिकाले हत्या हिंसाका घटना भइरहेकाले त्यस्ता घटनालाई नियन्त्रण गर्न सरकार संवेशदनशील हुनुपर्नेमा जोड दिनुभयो । मुलुकको विकास र समृद्धिका लागि उद्योगको विस्तार गरी उत्पादन बढाउनुपर्नेमा उहाँले जोड दिनुभयोे ।

    नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले गुरुङको राजनीतिक निष्ठालाई सम्मान गर्नुपर्ने बताउँदै देशको राष्ट्रियताको पक्षमा सबै दलको साझा मत हुनुपर्छ भन्ने वैचारिक चिन्तनबाट गुरुङ निर्देशित हुुनुहुन्थ्यो भन्नुभयो । कार्यक्रमका सहभागीहरुले समाजसेवा, खेलकूद र राजनीतिक क्षेत्रमा गुरुङको योगदान उल्लेखनीय रहेको बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.