सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाका नेता दिनानाथ शर्मा भन्नुहुन्छ, ‘तत्काल मन्त्रिमण्डल हेरफेर हुँदैन’

"'प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्नुहुन्छ' "

  •    न्युजभित्तो/३० आश्विन २०७६, बिहीबार २१:४२ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दिनानाथ शर्माले मन्त्रीहरुको हेरफेरबारे पार्टीभित्र छलफल भए पनि तत्काल हेरफर नहुने बताउनुभएको छ ।

    रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता शर्माले मन्त्रिमण्डल पुनर्गठनबारे पार्टीभित्र शीर्ष तहमा छलफल भए पनि कहिले पुनर्गठन गर्ने वा नगर्ने भन्ने निष्कर्ष र निर्णय प्रधानमन्त्रीले गर्ने भएकाले अहिले नै केही भन्न सकिने अवस्था छैन भन्नुभयो ।

    नेता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व गर्ने स्पष्ट पार्नुभयो । आलोपालोको कुरा उठे पनि अहिले त्यो सम्भावना नरहेको भन्दै उहाँले अहिले सरकारले धमाधम परिणाम दिन थालेकाले सरकारलाई अस्थिर बनाउन नहुने बताउनुभयो ।

    नेता शर्माले सङ्घीय संसद्को सभामुख पद रिक्त रहेकाले छिटोभन्दा छिटो सभामुख निर्वाचित गरिने बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा सरकारले परिपक्व कूटनीति र व्यवहार प्रस्तुत गरेको भन्दै सरकारलाई बधाई दिनुभयो ।

    प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने दाबी गर्नुभयो । नेता बस्नेतले चिनियाँ राष्ट्रपति सीको दुई दिने राजकीय नेपाल भ्रमण महत्वपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    • ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.