सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष दाहालसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/१० कार्तिक २०७६, आईतवार २०:०५ 
  • काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको बताउनुभएको छ । असंलग्न आन्दोलन (नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी आज स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालसँग दूरी बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले उक्त जवाफ दिनुभएको हो ।

    प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँ काठमाडौँमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकी दूरी नै टाढा छ । त्योभन्दा अरु टाढा केही पनि छैन । दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन ।”

    जननेता मदनकुमार भण्डारीकै कित्तामा विगतमा आफू रहेको भन्ने अध्यक्ष दाहालको पछिल्लो अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो, “उहाँले कुन प्रसङ्गमा भन्नुभएको हो त्यो थाहा भएन तर जननेता भण्डारीको विचारका आधारमा पार्टीलाई समयानुकूलरुपमा अघि बढाउँछु भन्नुभएको हो । भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा पनि गर्ने, यो कुन गणितले काम गर्छ मलाई थाहा भएन । गणित मिलेन । हाम्रो दूरी बढेको छैन ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.