सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सङ्क्रमणकालीन न्यायलाई अघि बढाउन द्वन्द्वपीडितको माग


  •    न्युजभित्तो/६ कार्तिक २०७६, बुधबार २१:५१ 
  • काठमाडौँ । द्वन्द्वपीडित साझा चौतारीले नेपालको दशवर्षे सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अविलम्ब अगाडि बढाउन माग गरेको छ । चौतारीले आज प्रेस विज्ञप्तिमार्फत पीडामा पिल्सिरहेका आफ्ना नागरिकको पीडाको सुनुवाइका लागि इमान्दार भएर सङ्क्रमणकालीन न्यायको प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।

    विज्ञप्तिमा भनिएको छ, “पीडामा मल्हम लगाउनका लागि तत्काल विश्वसनीय र ठोस कदम चाल्नु सरकारको उत्तरदायित्व भएकाले राजनीतिक स्वाथ्यको चपेटामा परेको सङ्क्रमणकालीन न्यायमाथि थप उदासिनता नदेखाउन र तत्काल पीडित समुदायको भावना र सर्वोच्च अदालतको फैसलाबमोजिम पक्रिया अगाडि बढाउन जोडदार माग गर्दछ ।”

    चौतारीले यही कात्तिक १ गते सुर्खेतमा द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार हननका कारण युवा तथा बालबालिकामा पर्न गएको असर एवं कात्तिक ४ गते दाङमा गम्भीर मानव अधिकार उल्लङ्घनका कारण भएको यातना, अपाङ्गता तथा अङ्गभङ्गका कारण नागरिकले भोग्नुपरेको पीडा, क्षति, भोगाइ आदिका बारेमा कार्यक्रम गरेको थियो । पीडितहरु आफूले भोगेका पीडा उन्मुक्त भएर व्यक्त गर्ने र अलिकति भए पनि मन हलुका पार्ने अवसरबाट समेत शान्ति सम्झौता भएको १३ वर्षसम्म पनि बञ्चित नै छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.