राजनीति
काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्र्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी...
काठमाडौँ, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय रोकेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।...
मकवानपुर, १९ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्ने र अस्पताललाई आवश्यक पर्ने उपकरण र चिकित्सकहरु उपलब्ध गराउन प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभएको छ । प्रदेश भौतिक...
काठमाडौ, १८ साउन । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । आजै सत्तारुढ गठबन्धनको...
काठमाडौं, १८ साउन । राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून,...
बुटवल, १८ साउन । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले संविधानको धारा १६८(२) अनुसार बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसंग माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा प्रदेश...
काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी,...
काठमाडौं, १८ साउन । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदै छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव...
काठमाडौं,१७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्नुभएको छ । मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उहाँलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका...
काठमाडौँ,१७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा एमालेको बैठक सुरू भएको हो । बैठकमा हिजो पनि उपस्थित भएका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन । आजको बैठकले सदस्यता...












