सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति भण्डारीबाट रथी शर्मालाई कायममुकायम तोकियो


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १७:०५ 
  • काठमाडौं,१७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्नुभएको छ ।

    मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उहाँलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षीय पदावधि आगामी भदौ २४ गतेदेखि समाप्त हुँदैछ । उहाँले अनिवार्य अवकाश पाउने हुँदा साउन २५ गतेदेखि घर बिदा बस्नुहुने भएकाले ज्येष्ठताका क्रममा रहनुभएका शर्मालाई कायममुकायम तोकिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.