राजनीति

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्री दाहालको अपिल
-न्युजभित्तो

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गर्नुभएको छ । बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा...

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छः राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, २४ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवाँै राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा आज आयोजना...

आन्तरिक व्यवस्थापनलाई सबल बनाउँदै ‘गोरखापत्र’लाई प्रतिस्पर्धी बनाउनुपर्छ: मन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौँ, २४ वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवका अवसरमा...

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने
-न्युजभित्तो

काठमाडौँ, २४ वैशाख । सभामुख देवराज घिमिरले भोलि विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुनेभएको छ । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बोलाउनुभएको सभामुखका प्रेस...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल
-न्युजभित्तो

काठमाडौँ, २४ वैशाख । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९...

प्रधानमन्त्री प्रचण्डले सरकारी कामकाजको भाषाको रूपमा प्रयोग हुने तामाङ र नेपाल भाषा गरे शुभारम्भ
-न्युजभित्तो

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कामकाजको भाषाको रूपमा प्रयोग हुने तामाङ र नेपाल भाषा शुभारम्भ गरेका छन् । अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो। तर, बागमती प्रदेशमा आज (सोमबार) देखि तामाङ र...

डढेलो लगाउनेलाई खोजेर कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-न्युजभित्तो

काठमाडौं, २४ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा हिजो भएको ‘डढेलो र आगलागीसम्बन्धी आपत्कालीन बैठक’ मा उनले आगालागीका ९० प्रतिशत घटना मानवीय कारणले हुने उल्लेख...

माधव नेपालले अचानक बोलाए संसदीय दलको बैठक
-न्युजभित्तो

काठमाडौं, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको संसदीय दलको बैठक अचानक बोलाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष नेपालले आज अपराह्न संसदीय दलको बैठक बोलाएका...

राप्रपाले भन्यो: खगराज अधिकारीलाई भोट हाल्दैनौँ
-न्युजभित्तो

पोखरा, २३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेपछि राप्रपा दलका नेता पञ्चराम गुरुङले विश्वासको मत नदिने बताएका हुन् । ‘यो गठबन्धन पवित्र छैन...

पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक: सञ्चारमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौँ, २३ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताएकि छिन् । वरिष्ठ पत्रकार कपिल काफ्लेद्वारा लिखित ‘पुंसवन’ पुस्तकको आज काठमाडौँमा विमोचन गर्दै उनले पूर्वीयदर्शनको ज्ञान प्रर्वद्धनका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि केन्द्र...