राजनीति

जापानी विदेशमन्त्री खामिखावाले वसन्तपुर क्षेत्रको अवलोकन गर्दै
-न्युजभित्तो

काठमाडौँ, २३ बैशाख । आज नेपाल आएकि जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकि छन् । उनि आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकि थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले सरकारले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष...

जिवी राईलाई झिकाइदिन मलेसियाका गृहमन्त्रीसँग नेपालका गृहमन्त्री रविको आग्रह
-न्युजभित्तो

काठमाडौं, २३ बैशाख । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गरेका छन्। लामिछानेको सचिवालयका अनुसार उनले टेलिफोन सम्पर्क गरी राईलाई झिकाइदिन सहयोगका लागि...

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍योः उपप्रधानमन्त्री लामिछाने
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्ने बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो– “इच्छाशक्ति हुने हो भने बजेट आफै...

प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैनः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन...

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न, पत्रकारको पेसागत सुरक्षा गर्न र अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधिलाई निरुत्साहित गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस–२०८१ को अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्र्दै उहाँले...

भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएनः धनराज गुरुङ
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले लोकतन्त्रको विकल्प भनेको सम्मुन्नत लोकतन्त्र नै भएकाले अभ्यासका माध्यमबाट यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले छोटो अवधिमा सरकार परिवर्तन भइरहने प्रवृत्तिले जनतामा निराशा छाउनेमात्र नभई विकास...

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । ‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा ऐतिहासिक, धार्मिक, पौराणिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदा...

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छः सचेतक भण्डारी
-न्युजभित्तो

विराटनगर, २० वैशाख । कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोसी प्रदेशसभामा बहुमतले पारित सङ्कल्प प्रस्तावमा कोसी प्रदेशका मुख्य न्यायाधिवक्ताले गरेको टिप्पणी र पेस गरेको रायले प्रदेशसभाको विशेषाधिकारको हनन भएको बताउनुभएको छ । सङ्कल्प...

सूचना प्रविधिको विकासमा क्रियाशील व्यक्ति तथा संस्था पुरस्कृत
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने संस्था तथा व्यक्तिलाई पुरस्कृत गरेको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिसम्बन्धी...