सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकीकृत समाजवादीको बैठक दुई घण्टा पछि सर्‍यो


  •    न्युजभित्तो/१८ श्रावण २०८१, शुक्रबार १३:२४ 
  • काठमाडौं, साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दुई घण्टा पछि सारिएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।

    आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बुधबारको बैठकले केन्द्रीय सदस्यको नाम छान्नका लागि अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेको कार्यादल गठन गरेको थियो ।

    आजको बैठकले केन्द्रीय सदस्यको नाम टुंग्याउने तयारीका लागि बैठक सारिएको हो । “सकेसम्म आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता पाउनेछ,” नेता सोमप्रसाद पाण्डेले भने, “बैठक ३ बजेका लागि सारेर छलफल भइरहेको छ ।”

    एकीकृत समाजवादीको महाधिवेशनले २९९ कमिटीमध्ये ९३ सदस्यमात्र सर्वसम्मत छानेको थियो । बाँकी २०६ जना टुंगो लगाउन लागिएको हो ।

    एकीकृत समाजवादीले १५ प्रतिशत मनोनय गर्ने तयारी समेत रहेको छ । त्यसो हुुदाँ केन्द्रीय सदस्य ३४४ सदस्यीय हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.