राजनीति

क्षतिको मूल्याङ्कन गरी स्थानीय तहमा बजेट दिइने
-न्युजभित्तो

काठमाडौँ, २२ असोज । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भन्नुभयो, “कतै धेरै क्षति भएको छभने कतै...

माओवादीले उपचुनावमा सत्तारुढ बाहेकका वाम दलसँग सहकार्य गर्ने
-न्युजभित्तो

काठमाडौं, २२ असोज । माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपचुनावमा सत्तारुढ बाहेकका वाम दलहरुसँग सहकार्यको गर्ने भएको छ । मााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सोमबार जारी गरेको परिपत्रमा सत्तारुढ दल बाहेकका वाम तथा देशभक्त दलहरुसँग सहकार्यको...

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु
-न्युजभित्तो

लमजुङ, २२ असोज । पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

बाढी पहिरो पीडितलाई प्रभु इन्स्योरेन्सद्वारा २५ लाख रुपैयाँ सहयोग
-न्युजभित्तो

काठमाडौं, २२ असोज । प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको...

बाढीपहिरो पीडितलाई माओवादी केन्द्रले बाँड्यो राहत सामग्री
-न्युजभित्तो

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ का बाढीपहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले त्रिपाल, झुल लगायतका सामग्री करिब ८० घर परिवारलाई उपलब्ध गराएका हुन् ।...

बाढी प्रभावित क्षेत्रको जानकारी लिन गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा
-न्युजभित्तो

कमलामाई (सिन्धुली), २२ असोज । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री यहाँ आइपुग्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईसहितको टोली आज बिहान खुर्कोट आइपुग्नुभएको...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाको सहयोग
-न्युजभित्तो

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वदेशी र विदेशी जलविद्युत् कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम प्रदान गरेका छन् । प्रधानमन्त्री निवास बालुुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ती कम्पनी तथा वित्तीय संस्थाहरूले सहयोग रकम हस्तान्तरण गरेका...

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
-न्युजभित्तो

काठमाडौँ, २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिर जानुभई दक्षिणकाली माताको पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गर्नुभयो । काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक...

अर्थ मन्त्रालयद्वारा स्रोत व्यवस्थापनको गृहकार्य सुरु
-न्युजभित्तो

काठमाडौँ, २० असोज । अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही असोजको दोस्रो साता आएको बाढीपहिरोले गर्दा धेरै ठूलो जनधनको...

मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
-न्युजभित्तो

काठमाडौँ, १८ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो । सङ्घका...