राजनीति

बेलुन विष्फोट घटनाः आठ सदस्यीय छानबिन समिति गठन
-न्युजभित्तो

काठमाण्डौं, ४ फागुन । हिजो पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति...

उभिन गाह्रो भएपछि प्रधानमन्त्रीले रोष्ट्रममा बसेर जवाफ दिँदै
-न्युजभित्तो

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्टममा बसेर जवाफ दिन थालेका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा ५ भन्दा बढी प्रश्नको जवाफ दिइसकेपछि उभिएर जवाफ दिन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले कुर्सीको व्यवस्था गर्न सभामुखलाई आग्रह गरेका थिए । प्रधानमन्त्री...

स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने सांसद कार्कीको माग
-न्युजभित्तो

काठमाडौं, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने माग गरेकी छन् । आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क...

प्रधानमन्त्रीबाट सांसद्का प्रश्नको जवाफ सुरु
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ । प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थाल्नुभएको हो । आजका लागि १० सांसदले प्रश्न सोध्ने...

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख
-न्युजभित्तो

काठमाडौं, ४ फागुन । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अहिले सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालले...

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरूको जीवनरेखा होः राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताउनुभएको छ । आज यहाँ आयोजित पाँचौं ‘ल एशिया’ तथा अन्तरराष्ट्रिय मानव अधिकार सम्मेलनमा उहाँले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता...

मलाई कांग्रेस-एमालेले होइन, भ्रष्टाचारी, बिचौलिया र भूमाफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन्ः प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, २ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्रीबाट कांग्रेस-एमालेले नभई बिचौलियाहरूले हटाएको टिप्पणी गरेका छन्। शुक्रबार (आज) दोलखाको जिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘तपाईंहरूलाई लागेको होला कि प्रचण्डलाई माओवादीको सङ्ख्या...

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
-न्युजभित्तो

काठमाडौँ, २ फागुन । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा आज गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि...

‘सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध’
-न्युजभित्तो

काठमाडौँ, २ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि...

पार्टीभित्रको गुट उपगुटलाई रुपान्तरण अभियानले हटाउँछः उपाध्यक्ष श्रेष्ठ
-न्युजभित्तो

चितवन, २ फागुन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट उपगुट तथा व्यक्तिवादको समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ...