सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध’


  •    न्युजभित्तो/२ फाल्गुन २०८१, शुक्रबार १६:२४ 
  • काठमाडौँ, २ फागुन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ वाटो’ बिषयक अन्तरक्रिया उहाँले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा सुशासन कायम गर्ने विषयमा क्रियाशील रहेको बताउनुभयो ।

    सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उहाँले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताउनुभयो । उहाँले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित)को मध्यामबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

    “आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौँ । कार्यालय दर्ता हुने वित्तिकै उद्योग पनि स्वतः दर्ता गर्न सकिने व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो । उद्योगमन्त्री भण्डारीले सरकारले सेवा प्रवाहको क्षेत्रमा सुशासनको अनूभूति दिइरहेको बताउनुभयो ।

    उहाँले धुँवा, प्रदुषण उत्सर्जन गर्ने उद्योगलाई सूचना प्रविधिको प्रयोगमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाइएको भन्दै प्रविधिलाई आत्मसाथ गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने बताउनुभयो ।

    मन्त्री भण्डारीले अबको उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउने समेत तयारी भइरहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयअन्तर्गतका कानूनलाई सुधार गरेर लगानी, प्रविधि र उद्योग स्थापना गर्न जोड दिइएको भनाइ राख्नुभयो । उहाँले करमा सहुलियत हुन सके सूचना प्रविधिको विकास अझ बढी हुने पनि बताउनुभयो ।

    कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष सुनैना पाण्डेले सूचना प्रविधिसँग सम्बन्धित कानूनमा देखिएका समस्यालाई सरकारले सहजीकरण गर्नुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.