सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने सांसद कार्कीको माग


  •    न्युजभित्तो/४ फाल्गुन २०८१, आईतवार १५:१२ 
  • काठमाडौं, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने माग गरेकी छन् ।

    आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाउँदा नेपालमा उत्पादन हुने स्यानिटरी प्याडले विदेशी प्रोडक्टसँग प्रतिस्पर्धा गर्न सकिने बताइन् ।

    नेपालमा धेरै मुलुकबाट स्यानिटरी प्याड आयात हुने गरेको भन्दै उनले नेपालमा क्षमताको एक तिहाइ मात्रै प्याड उत्पादन हुने गरेको बताइन् ।

    नेपालमा वार्षिक ९० करोड थान स्यानिटरी प्याडको आवश्यक हुने भए पनि कच्चा पदार्थको आयातमा बढी कर लगाइँदा ३० करोड थान मात्रै उत्पादन हुने गरेको उनको भनाइ छ ।

    सांसद कार्कीले आयातित प्याडमा दिइने भन्सार छुट लक्षित उपभोक्ताले उपभोग गर्न नपाएको बताइन् ।

    उनले भनिन्, ‘आयातित प्याडमा दिइएको भन्सार छुट लक्षित उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । बिचौलियाको खल्तीमा पुगेको छ र, यसको नियमन नहुनुले छुट नै स्वार्थ प्रेरित थियो भन्ने शंका उब्जिएको छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.