राजनीति
काठमाडौँ, ६ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको बताउनुभएको छ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको अवस्था बुझ्न...
काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेता डा कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई...
काठमाडौं, ६ फागुन । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले संसदमा नागरिकको एजेण्डाले स्थान पाउन छाडेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै हिजो ओडिसा घटनाबारे सांसदहरूलाई बोल्न प्रतिबन्ध लगाएको आरोप लगाए । उनले भने, ‘अहिले सदनमा जनताको एजेण्डाले स्थान...
काठमाडौँ, ६ फागुन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे छानबिनकोे माग गर्नुभएको छ । आजको राष्ट्रियसभाको बैठकमा बोल्दै लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानबिन...
काठमाडौँ, ६ फागुन । राष्ट्रसेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढेकामा राष्ट्रियसभाका सांसदहरुले आपत्ति जनाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले कर्मचारीहरु जनप्रतिनिधिबाटै असुरक्षित हुनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो । सांसद पदमबहादुर परियारले तनहुँको...
काठमाडौँ, ५ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच आज ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र इरानी विदेशमन्त्रीबीच भेटावर्ता...
दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर अघि दाङ आइपुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी आउनुभएको हो । प्रधानमन्त्री ओलीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत...
काठमाडौँ, ५ फागुन । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्कनुभएको छ । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ हुनुभएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको...
पाटन, ५ फागुन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यक्तिगत जीवनमा क्षमता अभिवृद्धिका साथै समाजमा घुलमिल हुनका लागि खेलकुद महत्वपूर्ण हुने बताउनुभएको छ । ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट स्टुडेन्ट एसोसिएसन’को आयोजनामा ललितपुरको पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसमा आजदेखि सुरू भएको टी–२० क्रिकेट...
काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना गर्न कानुनी तथा संस्थागत सुधारको लागि सरकारले निरन्तर काम गरिरहेको बताउनुभएको छ । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बेरोजगार...











