राष्ट्रिय

खनाल-नेपाल समूह निकट अनेरास्ववियु राष्ट्रिय भेला आज हुँदै,नेपालले सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं, चैत १०। खनाल-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को राष्ट्रिय भेला आज हुँदैछ। भेलालाई माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। केही दिनअघि नेपाल-खनाल पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको निर्णय अनुरुप नै आज सो पक्षले...

नेपाल विद्युत् प्राधिकरण भरतपुरले बढायो सबस्टेशनको क्षमता
-न्युजभित्तो

भरतपुर, १० चैत । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रअन्तर्गत रहेको सबस्टेशनको क्षमता बढाइएको छ । शनिबार र आइतबार विद्युत कटौती गरेरै क्षमता वृद्धि गरिएको हो । भरतपुर वितरण केन्द्रका इञ्जिनीयर विनोद सापकोटाले इनकमर र बक्स कपुलर परिवर्तन गरी...

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा जारी
-न्युजभित्तो

काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। बिहान साढे ९ बजेदेखि सुरू भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ। एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार सरकारलाई दिएको समर्थन...

दशरथ रंगशालामा एक वर्षपछि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा हेर्न पाउँदै नेपाली दर्शक
-न्युजभित्तो

काठमाडौं, १० चैत । दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो। विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय...

९ जिल्लाले मानेन कांग्रेसको निर्देशन
-न्युजभित्तो

काठमाडौं, १० चैत ।  क्रियाशील सदस्यता वितरण र नवीकरण गरी त्यसको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आजसम्म पठाइसक्नु पर्ने भए पनि ९ जिल्ला कार्यसमितिले यो काम सुरू नै गरेका छैनन्। १४ औं महाधिवेशन कार्यतालिका नै प्रभावित हुने भए पनि सप्तरी, सिरहा,...

राष्ट्रिय धर्मसभामा नयाँ नेतृत्व
-न्युजभित्तो

काठमाडौँ, ९ चैत । राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा. डा माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा डा पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले...

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता, आजै द्धिपक्षीय सम्झौता समेत हुँदै
-न्युजभित्तो

ढाका, ९ चैत। बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल...

प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लवबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा भएको भेटमा विभिन्न मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। विप्लवले प्रधानमन्त्री ओलीसँग बन्दी रिहाइका विषयमा चासो...

संसदको कामकारबाही अगाडि बढाउन प्रधानमन्त्रीसँग भेट्न आफूले समय मागेको हो :सभामुख सापकोटा
-न्युजभित्तो

काठमाडौं, ९ चैत । सभामुख अग्नि सापकोटाले संसदको कामकारबाहीलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्रीसँग भेट्न आफूले समय मागेको बताएका छन् । यसअघि कानुनमन्त्रीमार्फत भेटबारे कुराकानी भइरहे पनि आज बंगलादेश भ्रमणमा जानेक्रममा राष्ट्रपतिको बिदाइ गर्न गएको बेला एयरपोर्टमा पनि कुरा भएको र...

सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए-नभएको बारे समीक्षा गर्नुपर्ने : सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ
-न्युजभित्तो

काठमाडौं, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए-नभएको बारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालको २० औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित ‘सामुदायिक...