सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लवबीच भेटवार्ता


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १५:५५ 
  • काठमाडौं, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा भएको भेटमा विभिन्न मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो।

    विप्लवले प्रधानमन्त्री ओलीसँग बन्दी रिहाइका विषयमा चासो राखेका थिए। प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले प्रधानमन्त्री ओली र विप्लवबीच राजनीतिक विषयमा छलफल भएको बताए।

    उनले विप्लवले बन्दी रिहाइका विषयमा चासो राखेको र प्रधानमन्त्री ओलीले प्रक्रिया पुर्याएर सबै बन्दी रिहाइ गरिने आश्वासन दिएको बताए। ‘सबै प्रक्रिया पुर्याएर नेकपाका पक्राउ परेका कार्यकर्ता रिहा गरिने प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भयो,’ बजगाईँले डिसी नेपालसँग भने, ‘कतिपय मुद्दा अदालतमा पनि भएका कारण प्रक्रियामा पूरा गर्नुपर्छ।’

    सरकारले विप्वल समूहका पक्राउ परेका कार्यकर्तालाई रिहा गर्ने प्रतिवद्धता जनाएपनि सबै कार्यकर्ता रिहा नभएपछि विप्लवले प्रधानमन्त्री ओलीसँग चासो राखेका हुन्। सरकार र विप्लव समूहबीच फागुन २० तीन बुँदे सहमतिमा हस्ताक्षर भएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.