सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदको कामकारबाही अगाडि बढाउन प्रधानमन्त्रीसँग भेट्न आफूले समय मागेको हो :सभामुख सापकोटा


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १५:२० 
  • काठमाडौं, ९ चैत । सभामुख अग्नि सापकोटाले संसदको कामकारबाहीलाई अगाडि बढाउने विषयमा प्रधानमन्त्रीसँग भेट्न आफूले समय मागेको बताएका छन् ।

    यसअघि कानुनमन्त्रीमार्फत भेटबारे कुराकानी भइरहे पनि आज बंगलादेश भ्रमणमा जानेक्रममा राष्ट्रपतिको बिदाइ गर्न गएको बेला एयरपोर्टमा पनि कुरा भएको र भेट्न समय मागेको सापकोटाको भनाइ छ ।

    ‘कानूनमन्त्रीमार्फत कुरा भइरहेको थियो, आज राष्ट्रपतिज्यूलाई बिदाइ गर्ने क्रममा एयरपोर्टमा पनि प्रधानमन्त्रीसँग कुराकानी भयो,’ संसदीय मामिला सम्बन्धी पत्रकारहरूसँग सिंहदरबारमा भएको भेटमा उनले भने, ‘समय मागेको छु, खबर आउला ।’

    सभामुख सापकोटाले संसदमा रहेका अध्यादेश अगाडि बढाउन संसद तयार रहेको र आफू सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्ने मानसकितामा आफू नरहेको बताए। ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन,’ उनले भने, ‘निष्पक्ष र तटस्थताका साथ अगाडि बढ्छु।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै संसद नियमित गर्नेतर्फ सभामुखको भूमिका सकारात्मक नभएको टिप्पणी गरिरहेका छन् । प्रतिनिधिसभा पुनःस्थापनायता प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.