सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा जारी


  •    न्युजभित्तो/१० चैत्र २०७७, मंगलवार १०:४७ 
  • काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ।

    बिहान साढे ९ बजेदेखि सुरू भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ। एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही तथा पछिल्लो राजनीतिक घटनाका विषयमा आजको बैठकमा छलफल हुनेछ।

    माओवादी केन्द्रले यसअघिनै सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।

    माओवादीले गत फागुन २९ मा बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

    साथै नेकपा एमालेको केपी ओली पक्षमा गएका माओवादी नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो।

    तर, सरकारमा रहेका मन्त्रीहरुले कुनै जवाफ नदिएको र एमालेमै बस्ने निर्णय लिएपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी पनि माओवादीले गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.