सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए-नभएको बारे समीक्षा गर्नुपर्ने : सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ


  •    न्युजभित्तो/९ चैत्र २०७७, सोमबार १५:०८ 
  • काठमाडौं, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समुदायका निम्ति खोलिएका सामुदायिक रेडियो समुदायप्रति साँच्चिकै उत्तरदायी भए-नभएको बारे समीक्षा गर्नुपर्ने बताउनुभएको छ ।

    सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालको २० औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित ‘सामुदायिक रेडियोः नीतिगत बहस’ विषयको अन्तरक्रियामा सरकारका प्रवक्ता गुरुङले राजनीतिक उद्देश्य पूरा गर्ने गरी मिडिया सञ्चालन नगर्न आग्रह गर्नुभयो ।

    सामुदायिक रेडियोको हकहितका लागि छाता सङ्गठनका रुपमा २०५७ साल चैत ९ गते स्थापित अकोराब अहिले मुलुकका ७७ वटै जिल्लामा फैलिएको छ । संस्थाको सदस्यका रुपमा ३६० सामुदायिक रेडियो छन् ।

    “सामुदायिक रेडियोले समाजमा सकारात्मक परिवर्तन गर्नेभन्दा पनि राजनीतिक प्रचार गरेको छ, राजनीतिक दलको रेडियो जस्तो भएको छ, राजनीतिक प्रतिस्पर्धाका निम्ति रेडियो खोलिएको छ, सामुदायिक रेडियोलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउन जरुरी छ”, सरकारका प्रवक्ताले भन्नुभयो । उहाँले पछिल्लो समय सामुदायिक रेडियोका नाममा भएका विकृति हटाउनुपर्ने जनाउँदै सामुदायिक रेडियोमा प्रसारण हुने विषयवस्तुबारे पनि समीक्षा हुुुनुपर्नेमा जोड दिनुभयो ।

    रेडियो फिक्वेन्सीमा देखिएको समस्या समाधानका निम्ति ‘राष्ट्रिय फ्रिक्वेन्सी नीति’ बनाएर समाधान गरिने विश्वास उहाँले दिलाउनुभयो ।
    सांसद राधेश्याम अधिकारीले सामुदायिक रेडियो महिला, दलितलगायत सीमान्तकृत समुदायप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो भने सांसद रामनारायण बिडारीले सामुदायिक रेडियोमैत्री सञ्चारसम्बन्धी ऐन÷कानून बनाउन सरकारसमक्ष आग्रह गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट
    आदिवासी जनजाति राज्यका गहना हुन्ः मन्त्री तामाङ
    • जनप्रतिनिधि जनताको सेवक हो, शासक होइनः स्वास्थ्य मन्त्री तामाङ
    • मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    • चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    • विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.