राष्ट्रिय

हेटौँडा अस्पतालमा थप एकजनाको मृत्यु
-न्युजभित्तो

मकवानपुर, २२ वैशाख  । कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिनुभयो ।...

सुर्खेतमा ११ लाखको अवैध सुर्ती बरामद
-न्युजभित्तो

कर्णाली, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अवैधरूपमा भित्र्याउँदै गरेको रु ११ लाखको अखाद्यवस्तु सुर्ती बरामद गरेको छ ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्टसहितको सङ्क्रमण रोग नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक वस्तुबाहेक अन्य कुनै पनि वस्तु ढुवानी...

बारीमा उत्पादित तरकारी खेर जाने भन्दै किसान चिन्तित
-न्युजभित्तो

कैलाली, २२ वैशाख  । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन्...

चितवनका सबै स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन केन्द्र
-न्युजभित्तो

भरतपुर, २२ वैशाख  । नयाँ भेरियन्टसहित पुनः तीव्ररूपमा फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्न चितवनका स्थानीय तह सक्रिय बन्न थालेका छन् । दैनिकजसो कोरोना सङ्क्रमित बढ्दै जान थालेपछि स्थानीय तह आवश्यक पूर्वतयारीमा जुटेका हुन् । जिल्लाका अस्पतालमा आइसीयू र भेन्टिलेटरमा...

राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
-न्युजभित्तो

काठमाडौं, २१ वैशाख । सरकारले मंगलबार एकै पटक ७ वटा अध्यादेश जारी गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार मंगलबार जारी भएका अध्यादेश यसप्रकार छन्ः १ यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने...

चितवनका अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक
-न्युजभित्तो

चितवन, २१ वैशाख । अस्पतालमा उपचारका लागि आउने अधिकांश सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने गरेको छ । पहिलो लहरको कोभिडमा केही सङ्क्रमितलाई मात्रै अक्सिजन आवश्यक परेको भए पनि दोस्रो लहरमा भने अस्पतालमा आएका अधिकांशलाई अक्सिजन आवश्यक परेको हो । भरतपुर अस्पतालका...

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याउने निर्णय
-न्युजभित्तो

 काठमाडौं, २१ वैशाख । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । र यो अवधिमा निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय...

फोहोरजन्य वस्तुबाट भतेरीमा बत्ती बल्यो
-न्युजभित्तो

तनहुँ, २१ वैशाख  । व्यास नगरपालिका कार्यालयले कुहिने फोहोरजन्य वस्तुबाट बायोग्यास प्लान्ट निर्माण गरी विद्युत् निकालेको छ । व्यास–१० मादी नदी किनारमा बायोग्यास प्लान्ट निर्माण गरेर शिशुवा गौ संरक्षण केन्द्र र भतेरी कृषि सहकारी संस्थामा विद्युत् जडान गरिएको हो...

सङ्घ-संस्थालाई महामारी रोकथाममा सघाउन परिषद्को आग्रह
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । समाज कल्याण परिषद्ले सामाजिक क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ-संस्थालाई आफ्नो चालु परियोजनाबाट निश्चित प्रतिशतसम्मको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहायता गर्न निर्देशन दिएको छ । परिषद्सँग सम्झौता गरी वा स्वीकृति लिई सञ्चालन...

भेरीमा अक्सिजन अभाव हुन नदिन ट्याङ्क जडान
-न्युजभित्तो

राँझा, २१ वैशाख ।  पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगञ्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान...